9801911707, 9801911704, 9801911705
Neel Saraswati Marg, Lazimpat - 02, Kathmandu
facebook twitter youtube facebook facebook
2022.01.19

यस्ता लक्षण छन्, कतै मृगौलामा खराबी त आएको छैन् ! बच्न के गर्ने ?

by Mark Kidney Hospital

स्वस्थ शरीरको लागि मृगौला स्वस्थ हुन आवश्यक छ । खराब जीवनशैली र अस्वस्थ खानपानका कारण मृगौला रोगीहरु बढीरहेको अबस्था छ । सामान्य सावधानी र सचेतताले मृगौला स्वस्थ खाख्न सकिन्छ । त्यसो त पछिल्ला केही वर्ष यता विभिन्न संघ-संस्था र व्यक्तिहरुले मृगौला रोग सम्बन्धी जनचेतना मुलक कार्यक्रम गर्दै आएका छन् । यद्यपी मृगौला रोगीहरु पनि बढेको बढ्यै छन् । मृगौला रोग लाग्ने कारण,लक्षण, उपचार पद्धती र कसरी बच्ने भन्ने कत्तिपयलाई थाँहै हुदैन त कत्तिले थाँहा हुँदाहुँदै पनि हेल्चक्राई गरेको पाइन्छ ।

किन मृगौलालाई शरीरको महत्वपूर्ण अंग भनिएको हो, यसले के काम गर्छ ?

मृगौला शरीरको निकै महत्वपूर्ण अंग हो । अस्वस्थ मृगौलाले स्वस्थ शरीरको कल्पना समेत गर्न सकिदैन् । मृगौलाको प्रमुख काम भनेकै रगतमा भएको विषक्त पदार्थ छानी पिसाबको माध्यमबाट बाहिर निकाली शरीरमा स्वस्थ रगत प्रवाह गर्नु हो । साथै मृगौलाले हाम्रो शरीरमा रगतमा पानी, नुन तथा अन्य खनिजपदार्थलाई सन्तुलनमा राखि स्वस्थ बनाउन सहयोग गर्छ ।

मृगौला फेल हुनु भनेको के हो ?
सरल तरिकाले भन्दा जब मृगौलाले आवश्यक्ता अनुसार काम गर्न सक्दैन वा रगतमा रहेको विषक्त तरल पदार्थ आदिलाई बाहिर फ्याल्न सक्दैन् त्यसैलाई नै मृगौला फेल भएको भनिन्छ । मृगौलाको सबै भन्दा जटील पक्ष भनेकै यो सहजै सुरुवाती चरण थाँहा नहुँनु हो । अधिकाशंले निकै खराबी आइसकेपछि मात्र रोग लागेको थाँहा पाउछन् । शरीरमा धेरै सुख्खापन भयो, पीसाबनलीहरुमा समस्या आयो, विभिन्न औषधीहरु सेवन गर्दा मृगौलालाई असर पुग्यो भने पनि अचानक मृगौला फेल हुन सक्दछ । त्यस्तै अधिकांशलाई मृगौला बिग्रीएपछि मात्र थाँहा हुन्छ । यो पीसाबबाट प्रोटिन जाने, मधुमेह, उच्च रक्तचाप भएमा हुने गर्दछ ।

मधुमेह रोगले शरीरमा अत्याधिक ग्लुकोजको निर्माण हुन्छ । यहि ग्लुकोज जम्मा हुँदा मृगौलामा हुने स-साना फिल्टरमा समस्या हुन्छ । त्यही कारण मृगौलाले शरीरको विषाक्त पदार्थ बाहिर निकाल्न सक्दैन र मृगौला फेल हुनसक्छ । उच्च रक्तचाप भए रक्त धमनीमा अत्याधिक दबाव पर्छ । यसले हृदय रोग निम्त्याउन सक्ने र मृगौलामा असर गर्न सक्ने हुन्छ । त्यस्तै पत्थरीका कारणले, वशांणुगत कारण, महिलाहरुमा लुपसनेफ्राइटिसका कारणले पनि दीर्घकालमा मृगौला फेल हुने संभावना रहन्छ ।

मृगौला फेल हुँदा के-कस्ता लक्षणहरु देखिन्छन् ?

  • यसको समस्या हुँदा सबैमा एकै प्रकारको लक्षण देखिन्छ भन्ने हुँदैन । तर अधिकांशमा खट्टाहरु सुनिने ।
  • छिटो छिटो पिसाब लाग्ने ।
  • बिहान सुतेर उठ्दा मुख सुनिने ।
  • छातिमा स्वा- स्वा जस्तो हुने ।
  • खनामा अरुचि हुने ।
  • वाकवाकी हुने,बान्ता हुने ।
  • निन्द्रामा कमी हुने ।
  • शरीर चिलाउने ।
  • कमजोरी महशुस हुने ।
  • पिसाबको रङ परिवर्तन हुने गर्दछ ।

मृगौला फेल हुन नदिन के गर्ने ?
रोग लाग्नु भन्दा लाग्न नदिनुनै सबै भन्दा उपयुक्त कुरा हो । यसको लागि रोग लागेका व्यक्तिहरुले मात्र चिकित्सकको परामर्श लिने, स्वास्थ परीक्षण गर्ने हैन् । स्वस्थ व्यक्तिहरुले पनि चिकित्सको परामर्श स्वास्थ परीक्षण गर्नुपर्दछ । लक्षण कुरेर बस्न हुँदैन । यसका साथै

  • स्वस्थ र सन्तुलित खाना खाने ।
  • प्रसस्त पानी पिउने ।
  • नियमित व्यायम गर्ने ।
  • सक्रिय जीवनशैली अप्नाउने ।
  • उच्च रक्तचाप, मधुमेह लगाएतका रोग लाग्नबाट बच्ने ।
  • धुम्रपान मध्यपान नगर्ने ।
  • जंग फुडहरु प्रयोग नगर्ने ।
  • नियमित स्वास्थ परीक्षण गराउने ।

मृगौला विग्रिएको कुन अबस्थामा डायलासिस् या ट्रान्सप्लान्ट गर्नुपर्छ ?

सुरुवाती चरणमै थाँहा पाई उपचार गरे सामान्य औषधिको प्रयोगले मात्र पनि निको हुन्छ । तर जब चौंथो, पाचौं स्टेजमा पुगेपछि उपचार थालिन्छ त्यसको बिकल्प भनेकै कि त डायलासिस, कि त ट्रान्सप्लान्ट हो । यो अबस्थामा पुगेपछि अलि महंगो र जटील हुन्छ । त्यस कारण रोग लाग्न नदिन हर हमेसा सचेत रहनुपर्र्छ ।

नेपालमा अहिले धेरै अस्पतालहरुमा डायलासिस र ट्रान्सप्लान्टको व्यबस्था गरिएको छ । मृगौला रोग लागेकै कारण उपचारको लागि विदेशिनु पर्ने बाध्यता हटेको छ । हाम्रो मार्क इन्टरनेशनल किड्नी सेन्टरले पनि विगत केही वर्षदेखि मृगौला सम्बन्धी सबै प्रकारका रोगको प्रभावकारी उपचार गर्दै आएको छ । साथै सुगमदेखि दुर्गमसम्म मृगौला रोग लाग्ने कारण, बच्ने उपाय लगाएतका विषयमा सरोकारवालापक्षसंग समन्वय गरि जनचेतना मुलक कार्यक्रम, निशुल्क शिविर सञ्चालन गर्दै आएको छ ।