9801911707, 9801911704, 9801911705
Neel Saraswati Marg, Lazimpat - 02, Kathmandu
facebook twitter youtube facebook facebook
2022.01.02

किन छिन छिनमा पिसाब लाग्छ ? कारण के हो त ?

by डा अर्चन शम्शेर राणा , काठमाडौं स्थित मार्क इन्टरनेशनल किड्नी सेन्टरका मृगौला रोग विशेषज्ञ

“स्वस्थ मृगौला स्वस्थ जीवन अभियान”

किन छिन छिनमा पिसाब लाग्छ ? कारण के हो त ?

यसको एउटा मात्र कारण हुँदैन । यसका पछाडिका विभिन्न कारणहरु निम्न छन् ।

१. सामान्यतः धेरै पानी वा तरल पदार्थ पिएको बेला पिसाब लाग्छ, जो स्वभाविक हो ।

२. त्यस्तै कहिले मानसिक कारणले समेत पिसाब लागेको अनुभव हुन्छ ।

३. गर्भावस्थामा वा बुढ्यौलीमा पनि धेरै पटक पिसाब लाग्छ, जसलाई सामान्य मानिन्छ । तर, सामान्य अवस्थामा पटक पटक पिसाब लाग्छ भने, त्यसले शारीरिक समस्याको संकेत गर्छ ।के भनिन्छ भने, पिसाब कति पटक फेरिन्छ भन्ने कुराले समेत हामी कति स्वस्थ्य वा अस्वस्थ छौ भन्ने कुराको निर्क्यौल गर्छ । हाम्रो जीवनशैली वा स्वास्थ्य खराब भएमा पटक पटक पिसाब लाग्न सक्छ ।

दिनमा कति पटक पिसाब आउनु पर्छ ?

एक दिनमा कति पटक पिसाब फेरिन्छ ?

पिसाबको मात्रा कति हुन्छ ?

त्यसले हाम्रो स्वस्थ्यबारे बताउँछ । सामान्यत एक दिनमा चारदेखि १० पटकसम्म पिसाब लाग्नु सामान्य हो । औसत व्यक्तिको मुत्राशयमा जति पिसाब जम्मा हुन्छ, त्यसलाई तीनदेखि पाँच घण्टासम्म रोक्न सकिन्छ।

कुन अवस्थामा खतरानाक ?

यदि पिसाब गरेको समयमा पोल्छ वा दुखाई हुन्छ भने यो चिन्ताको विषय हो । यदि सामान्य अवस्थामा पनि पटक पटक पिसाब लाग्छ भने, त्यो समस्या हो । यसरी पटक पटक पिसाब लाग्नु गंभिर समस्या पनि हुनसक्छ ।

राती कति पटक पिसाब आउनु उचित ?

खासगरी रातको समयमा पटक पटक पिसाब लाग्छ भने त्यसलालाई गंभिरतापूर्वक लिनैपर्छ । राती निन्द्रा बिथोल्नेगरी पिसाब आइरहनुले विभिन्न समस्याको संकेत गर्छ । राती एक वा दुई पटकसम्म पिसाब फेर्न उठ्नु सामान्य हो । यद्यपी पटक पटक पिसाब लाग्छ भने त्यसको उपचार खोज्नैपर्छ । यद्यपी बुढ्यौली उमेरमा छिटो छिटो पिसाब लाग्नु सामान्य हो ।

कुन अवस्थामा चिकित्सककहाँ जानुपर्छ ?

पिसाब गर्ने समयमा अचानक परिवर्तन भयो भने चिकित्सकको परामर्श आवश्यक हुन्छ । कहिले कहिं अधिक तरल पदार्थ सेवनले पनि पिसाब लाग्न सक्छ । तर, पटक पटक त्यो क्रम दोहोरिएमा चिकित्सकलाई भेट्नैपर्छ ।

के हुनसक्छ ?

पटक पटक पिसाब आउनुको कारण मुत्रनली वा मुत्राशयको संक्रमण हुनसक्छ । मृगौलाको कार्यक्षमता कमजोर भएको अवस्थामा पनि पिसाब रोकिदैन, पटक पटक आइरहन्छ ।

१. मुत्राशयको अत्याधिक सक्रियताको कारण पनि पटक पटक पिसाब लाग्छ ।

२. मधुमेहको कारण पनि पटक पटक पिसाब लाग्छ । रगतमा वा शरीरमा शुगरको मात्रा बढेपछि यस्तो समस्या आउन सक्छ ।

३. यदि यूरीनल ट्रैक्ट इन्फेक्सन छ भने यस्तो समस्या झेल्नुपर्छ ।

४. प्रोस्टेट ग्रन्थी बढेमा पनि पटक पटक पिसाब आउने समस्या हुन्छ ।

५. मृगौलामा संक्रमण भएमा धेरै पटक पिसाब आउँछ ।

लेखक डा अर्चन शम्शेर राणा , काठमाडौं स्थित मार्क इन्टरनेशनल किड्नी सेन्टरका मृगौला रोग विशेषज्ञ