9801911707, 9801911704, 9801911705
Neel Saraswati Marg, Lazimpat - 02, Kathmandu
facebook twitter youtube facebook facebook
2019.10.23

महिलामा बढी लाग्ने लुपस रोग के हो ? जानौं

by

महिलामा बढी लाग्ने लुपस रोग के हो ? जानौं

लुपस एउटा स्वतः प्रतिरक्षा (अटोइम्युन डिजिज) सम्बन्धी रोग हो । यसले शरीरको कोष, तन्तु, आदिलाई हानीनोक्सानी पुर्याउने काम गर्छ । यो नसर्ने रोग हो, तर क्यान्सर भने होइन । यो पुरुषमा भन्दा महिलामा बढी हुन्छ । प्रायःजसो महिनावारी शुरु हुने उमेर १४ वर्षदेखि महिनावारी सुक्ने ४४ वर्षसम्मका महिलामा हुन्छ ।  लुपस नेपालमा मात्रै नभई अमेरिकामा समेत १.५ मिलियनमा देखिएको छ । लुपस बाहिरबाट सर्ने रोग होइन । शरीरमा रोगसँग लड्ने क्षमता ((एन्टिबडिज) ले शरीरको प्रतिरक्षा गर्नु पर्नेमा उल्टै घातक बन्ने अवस्था लुपस रोग हो । किशोरीहरूमा महिनावारी सुरु हुने बेला यदि इन्सटरोजन हर्मोन बढी मात्रामा उत्पादन भए पनि लुपस हुनसक्छ । तर अझै यसको कुनै ठोस प्रमाण भने फेला परेको छैन । लुपस पुरुषको तुलनामा महिलामा ९ गुणा बढी हुन्छ । घरमा कसैलाई लुपस छ भने दिदीबहिनीमा ५ देखि १५ प्रतिशतले हुन सम्भावना हुन्छ । 

लुपस विभिन्न प्रकारका छन् 
1) स्यस्टेमेटिक लुपस
2) एरिओमाटिसस लुपस
3) कुटानियस लुपस
4) डिले लुपस
5) निओनेटल लुपस

यसका लक्षण
गालाको दुबैतर्फ पुतली आकारको दाग देखिनु ।
छाला फुस्रो, सुख्खा हुनु ।
चिलाउनु, दाग, चाया पोते देखिनु ।
मुखमा घाउ खटिरा आउनु ।
जिउ, खुट्टा दुख्नु ।
जोर्नीहरू दुख्नु, हात खुट्टा सुन्निनु । 
फोक्सो, छाती दुख्नु ।
टाउको भारी हुनु, दुख्नु ।
मिर्गाैलामा संक्रमण हुनु ।
विफल हुनु, चाडै थाक्नु, मुटुमा समस्या देखिनु ।
छारे रोग हुन सक्छ ।
स्मरण शक्ति कम हुने । 
रक्ताअल्पत्ता, रगत जम्ने, निमोनिया, हृदयघातको जोखिम । 
दिमागमा असर पर्ने, थाइरोइड समस्या, आँखा सुख्खा हुने, कमजोर हुने, दुब्लाउदै जाने । 
घामको एलर्जी हुने, रिङटा लाग्ने, पिसाब गाढा हुने ।

लुपस लाग्ने कारण
1) धुलोधुँवा, एलर्जी, चिन्ता, किटनासक औषधिको सम्पर्क, विषादी, दुषित बातावरण तथा महिलामा हर्मोनको गडबडी । 2) पारिवारिक इतिहासले पनि लुपस हुनसक्छ ।एक अनुसन्धानले ५० प्रतिशत लुपस वंशानुगत कारण हुने जनाएको छ । 3) शरीरमा हर्मोन असमामान्य थपघटका कारण पनि लुपस हुनसक्छ । जस्तंै इसटोजेन हर्मोन कम बढी भएमा ।
4) चिकित्सकको एक अनुसन्धान रिर्पोटमा संक्रमण साइटोमेगालो भाइरस, इप्सटेइन र हेपाटाइटिस सीको कारणले पनि लुपस हुनसक्ने उल्लेख छ । 
5) लामो समयसम्म केही औषधि सेवन गर्दा पनि लुपस हुनसक्छ । 
6) खानामा आत्यधिक नुन, चिल्लो पदार्थको प्रयोगले पनि लुपस हुन सक्छ । 
7) मिर्गाैलामा नेफ्राइटिसको कारणले गर्दा मिर्गाैला विफल पनि हुन सक्छ ।

लुपसबाट बच्ने उपयोगी आहार 
खान नहुने 
*)रातो मासु, खसी राङाको, मासु, मैदाबाट बनेका खानेकुरा, चाउचाउ, मम, पिज्जा, पाकेटको खानेकुरा, आइस्क्रिम, धेरै पटक प्रयोग गरेकोे तेलको आदि । 
*)धेरै समयसम्म फ्रिजमा राखेको खाने कुरा ।
*)विषादी प्रयोग गरेकोे खानेकुरा, बासी खाना आदिको प्रयोग ।
*)शारीरिक क्रियाकलाप कम गर्ने, इनेर्जी लिने तर बर्न नगर्ने आदिको कमी ।

खान हुने खानेकुरा
*)कुखुराको छाला निकालेको मासु, माछा, टुना, सालमोन माछा, सामुन्द्रिक माछा । 
*)क्याल्सियमयुक्त खानेकुरा । 
*)चिज, तोफु, गेडागुडी, सोयाबिन, पालुङ्गो, कर्कलो, फर्सीको मुन्टा, ब्रोकाउली, गाढा रङको तरकारी, साग आदि ।  *)भिटामिन डी तथा क्याल्सियमयुक्त भोजन ।
*)तौल सन्तुलन राख्ने, लसुनको प्रयोग नगर्ने, लसुनमा हुने एलिसिन, एजोइन, तथा थिओसुफिनेटस एमिनो एसिडले इम्युन सिस्टमलाई बढी मात्रामा उत्पादन गर्छ र लुपसमा हानी पुर्याउँछ । सेतो आलु, भन्टा, मरिच, ठीक मात्रामा खाने, नुन कम गर्ने, धुम्रपान, मधपान नगर्ने । 
*)खानेकुरा पकाइसकेपछि मात्रै नूनको प्रयोग गर्ने । कम पोटासियम भएको तरकारी, फलफूल खाने । 
*)क्याल्सियम तथा भिटामिन डीयुक्त खानेकुरा खाने ।
*)दुध, मोही, दही, सोयाबिन, तोफु, सोयामिल्क, विभिन्न प्रकारका अन्न, अण्डा आदिको सेवन चाहिने मात्रामा गर्ने ।  *)फलफूलमा भिटामिन सीयूक्त सुन्तला, मौसम, सुन्तलाको जुस, भुईकटहर, आदि खाने ।
*)तरकारी तथा सागपातमा पालुङ्गो, ओखरा, तरुल सेतो सिमी, माछा, टूना, च्याउँ, आदिको सेवन गर्ने ।

Source: https://www.hamrodoctornews.com/detail/13527